अबको एक हप्ता मनसुन कमजोर हुने

अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।