नेपाल र बङ्गलादेशबिच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र बङ्गलादेशबिच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि भएको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

गएको बिहीवार भएको पहिलो मैत्रपुर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो ।