स्पास्मो ३ हजार चक्की सहित पथरीबाट एक पक्राउ

मोरङ ।
मोरङ पथरी शनिश्चरे नगरपालिका १ बाट प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् ।

आइतबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि बिरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।