एसियन कप छनोटका लागि प्रारम्भिक टोली छनौट

एएफसी यु–२३ एसियन कप छनोटका लागि ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली छनौट भएका छन । ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका हुन ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा पुगिसकेका छन् । सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान र मनिष डाँगी सिनियर टोलीसँग कतारमा रहेका छन् । साफ च्याम्पियनसिप १ अक्टोवरदेखि माल्दिभ्समा सुरु हुँदैछ ।
४८ सदस्यीय टोलीमा ९ गोलरक्षक, १३ डिफेन्डर, १७ मिडफिल्डर र ९ फरवार्ड रहेका छन् । टोलीको प्रशिक्षण सोमबारलदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।