बेलबारीका अग्रज राजनितिकर्मी सेकेनबहादुर बस्नेतको निधन

बेलबारीमा कांग्रेस राजनितिका अग्रज तथा सामाजिक व्यक्तित्व सेकेन बहादुर बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि विरामी रहेर उपचारका क्रममा रहनुभएका बस्नेतको शुक्रबार दिउँसो निधन भएको हो । बस्नेत केही समेयदेखि मुटु तथा मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको थियो । बस्नेतका श्रीमती,एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको चतराघाटमा अन्तिम संस्कार सम्पन्न भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०४६ पछि साबिक बेलबारी गाविस वडा नं ९ का पुर्व अध्यक्ष बस्नेत प्रजातान्त्रिक आन्दोलनमा एक योद्धाका रूपमा समेत परिचित हुनुहुन्छ । बस्नेतले विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि योगदान गर्नुभएको थियो ।