पीएनजीमाथि नेपालको शानदार जित

पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली १ सय ५१ विजयी भएको छ । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो ।
पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २–० ले जितेको छ ।
नेपाली क्रिकेटको ओडिआईमा यो नै सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको रहेको थियो ।