५१ लाख २० हजार आठ सय ५७ जनाले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

नेपालमा ५१ लाख २० हजार आठ सय ५७ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन । एक मात्रा लगाउनेको सङ्ख्या ५७ लाख ४० हजार तीन सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९ हजार एक सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।