ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

सोलुखुम्बु ।
सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाऊपालिका ८ दिप्लीघाट स्थितमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउतको घटनास्थलमानै मृत्यु भएको हो ।

दुर्घटनामा सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल सामान्य घाईते भई स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ ।
सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।