करेन्ट लागेर एकजनाको मृत्यु

सप्तरी ।
सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सकरपुराका ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।