नेपाल र पपुवा न्युगिनीबिचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका सवा सवा चार बजे सुरु हुनेछ । नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई ओडिआई खेल खेलेको हो । पपुवा न्युगिनीसँगको दोस्रो खेलपछि नेपालको तयारी पूरा हुने छ । नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ । असोजमा १ मा अमेरिका र असोज ३ मा ओमानसँग खेल्ने छ ।