एभरेष्ट प्रिमियर लिग (ईपीएल)को साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आयोजकले बुधबार चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक गरेको हो ।
आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।
१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ । च्याम्पियन टीमले नगद ५० लाख प्राप्त गर्नेछन् ।