ढुंगाले हानेर बेहोस बनाई लाखौ रुपैया लुटपाट गर्ने पक्राउ

उदयपुर ।
उदयपुरबाट लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौ रुपैया लुटपाट गर्ने व्यक्तीलाई प्रहरीले २ घन्टा भित्रै पक्राउ गरेको हो । पक्राउ पर्ने ओखलढुङगा चिसंम्खु गाऊपालिका ३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् ।

उदयपुर कटारी नगरपालिका ४ का २५ बर्षीय प्रकाश श्रेष्ठले चलाई ल्याएको प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यन पुराई काटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनि उक्त गाडिमा लिफ्ट मागी आएका थिए । आउने क्रममा बर्मी जंङगलमा पिसाव फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम रु. १३ लाख ७७ हजार ८ सय ९५ रुपैया र मोबायल समेत लुटपाट गरी फरार भएका थिए ।
केही समय पश्चात होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईल सहित पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।