लालभित्तिमा एमसिसी विरुद्ध बिरोध सभा

बेलबारी ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध मोरङको बेलबारी २ लालभित्तिमा बिरोध सभा सम्पन्न भएको छ । वडा नम्बर २ का वडाबासीहरुको आयोजनामा बुधबार एमसिसी सम्झौता खारेजीको माग गर्दै लालभित्ति चौकमा बिरोध सभा गरिएको हो ।

बिरोधसभामा बोल्ने वक्ताहरुले एमसिसी नेपाल र नेपाली जनताको पक्षमा नरहेको भन्दै संसदबाट पास गर्न नहुने बताएका थिए ।
वडा नं २ का अध्यक्ष घनश्याम गौतम, स्थानीय तुलसीप्रसाद ओझा, राजुदेव राई लगायतले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसिसी नेपाल र नेपाली जनताको पक्षमा नरहेको बताए ।
स्थानीय समाजसेवी खगेन्द्र प्रसाद न्यौपानेको सकृयतामा भएको कार्यक्रमको सभापति बुद्धिजिवी डिल्लि बहादुर थापा थिए ।