मोरङका ४ वडाअध्यक्ष सहित ८ जनप्रतिनिधि एकीकृत समाजवादीमा

मोरङ ।
मोरङमा ८ जना जनप्रतिनिधिले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र मोरङबाट ८ जना एमालेका जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्यले नयाँ दल रोजेका हुन् ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ (मंगलबार) साँझ ५ बजेसम्मको समय दिएको थियो ।