बेलबारीका ७४ बर्षीय सहनी गाँजा सहित पक्राउ

बेलबारी ।
मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो ।
सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।