महिला भलिबल टिमलाई वाणिज्य बैंकको सम्मान

काठमाडौंः बङ्गलादेशमा हालै सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा पहिलो स्थान हात पार्न सफल महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंकले आज एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

वाणिज्य बंैकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले खेलाडीहरूलाई सम्मान गरेका थिए ।

भलिबलको लागि पहिलो ठूलो प्रायोजकको रूपमा रहेको वाणिज्य बैकले नेपाल भलिबल सङ्घलाई दुई वर्षका लागि २२ लाखको सहयोग गर्दै आएको छ ।

महिला टिम तथा सङ्घलाई बधाई दिँदै कार्यकारी अधिकृतले वाणिज्य बंैकले गरेको लगानीको प्रतिफल नेपाली टोलीले छिटै नै प्रदान गरेको बताए ।

कार्यक्रममा भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली महिला भलिबल टिमले पहिलो सेन्ट्रल जोन प्रतिस्पर्धाको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको बताए ।

सोही अवसरमा नेपाली महिला भलिबल टिमलाई मलेसियाका खेल सामग्रीका व्यापारी स्टुवार्टले दुई सेट जर्सी प्रदान गरेका थिए ।




Leave a Reply

Your email address will not be published.