करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ ।
प्रहरीले करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास रहेका छन् ।

जिल्ला अदालत मोरङले २०७१ माघ २१ गते सहनीलाई जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।
फरार रहेका दासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ । अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।