सुनसरी ।
प्रहरीले १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् ।
सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले गत भदौ १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।