झापा ।
झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् ।
पश्चिम तर्फ जादै गरेको प्र२ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ बर्षीय प्रबिन लामा ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।