भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ ।
खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् ।

भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट अबैध रुपमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक बरामद भए पछी उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको छ ।