राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ ।
राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरेको पनि उहाँले बताउनुभयो ।