आफ्नै दल विभाजित भए पनि विश्वासको मत पाउने मुख्यमन्त्री आचार्यको दाबी

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नै दल विभाजित भए पनि आफुले विश्वासको मत पाउने दावी गरेका छन । सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले सरकारलाई सहयोग गर्ने भन्दै मुख्यमन्त्री आचार्यले आफुले विश्वासको मत पाउने दावी गरेका हुन ।

धरान–८ स्थित औद्योगिक क्षेत्रमा रु ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले शनिबार यस्तो बताएका हुन् ।
“सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु, यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो”, उनले बताए । मुख्यमन्त्री आचार्यले प्रदेश नं १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेकोसमेत बताए ।