बाढी, पहिरो र डुबानमा परि जेठ ३० यता १ सय १६ जनाको मृत्यु

बाढी, पहिरो र डुबानमा परि जेठ ३० यता १ सय १६ जनाको मृत्यु भएको छ । ४४ जना बेपत्ता भएका छन् ।
ज्यान जानेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
बाढीको कारण तीन हजार १ सय ८२ घर डुबानमा परेका, ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका छन् ।
यस अवधिमा भएका जम्मा एक हजार ३ सय ४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १ सय ११ मानिस विस्थापित भएका छन् ।