धरानमा पनि बिस्तार भयो पाथीभरा जब लिंक

धरानः आजदेखि पाथीभरा जब लिंक प्रालिले आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै सुनसरीको धरानमा पनि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

प्रालिका प्रबन्ध निर्देशक एवम् अध्यक्ष पवन अधिकारीका अनुसार सेवा बिस्तारको औपचारिक कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष केशव घिमिरे, महासङ्घका उपाध्यक्ष सन्तोष काफ्लेलगायतले बोलेका थिए । कार्यक्रममा जब लिंकका धरान प्रमुख प्रकाश लकान्द्रीले धरानमा जब लिंक खोलिएसँगै बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने बताए ।