गाँजा सहित बिराटनगरबाट होटल सन्चालक पक्राउ

बिराटनगर ।
मोरङको बिराटनगरबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – ११ जनपथमार्गमा होटल संचालन गर्दै आएका ३९ वर्षिय भिम कामत रहेका छन ।

शुक्रबार दिउँसो पक्राउ परेका कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भुसले छोपेर राखेको अवस्थामा ३ केजी भन्दा बढी गाँजा बरामद गरेको मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।