पटुवा धुने क्रममा डुबेर धनपालथान गाउँपालिकामा एकको मृत्यु

मोरङ ।
मोरङ धनपालथान गाउँपालिकामा पानीको खाल्डोमा डुब्दा एक जनाको ज्यान गएकोे छ । धनपालथान गाउँपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार दिउसो पौने ११ बजे घर देखी ५ सय मिटर पर रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट थप अनुसन्धान भइरहेको छ ।