२० बर्ष कैद सजाय ठहर भएका २ प्रतिवादी पक्राउ

बेलबारी ।
ईलाका प्रहरी कार्यालय बेलबारीले कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय ठहर भएका २ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. –१ बस्ने बर्ष ३१ का धर्मराज पोखरेल र तत्काल मोरङ ईन्द्रपुर गा.बि.स.वडा नं ४ घर भई हाल जिल्ला बिराटनगर महानगरपालिका वडा नं–१२ बस्ने बर्ष २९ का कृष्ण राजबंशी भन्ने कृष्ण प्रसाद ताजपुरीया रहेका छन् ।

पक्राउ परेका दुबैजना मोरङ जिल्ला अदालतको मिति २०७३।११।२२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय ठहर भएका फरार प्रतिवादी हुन ।
पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत विराटनगरमा बुझाएकोमा कारागार चलान भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।