पिकअपको ठक्करबाट बालकको मृत्यु

झापा ।
झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् ।

पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।