रघुपति जुट मिलमा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर
मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा मण्डल अचानक करेन्ट लागि घाईते भएका थिए । कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।