बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम जिल्लाको साविक जितपुर गाविस–४ घर भई हाल झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले कट्टेललाई ७ दिन कैद र ६० लाख जरिवाना सुनाएको थियो । ब्यूरोले विर्तामोडबाट कट्टेललाई पक्राउ गरेको जनाएको छ ।
उनले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर सिभिल बैंकको चेक आ–आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।