झापामा स्वास्थ्य चौकी तोडफोड

झापा ।
झापामा अज्ञात समूहले आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको छ । झापा गाउँपालिका–५ स्थित पन्थापाडा आधारभूत स्वास्थ्य चौकी तोडफोड गर्दै सर–सामान चोरी भएको हो ।

साँझको समयमा स्वास्थ्य चौकीको मुख्य प्रवेशद्वारको चेन गेट र कार्यालयको तीन वटा ढोकाको ताला तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पु¥याउनुका साथै स्वास्थ्य चौकीभित्रका सर–सामान चोरी भएको सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।
सो समूहले स्वास्थ्य चौकीभित्र रहेको एउटा पानी तान्ने मोटर, एउटा स्टेन पङ्खा, एक थान बिपी सेट र ६ थान प्लास्टिक चोरी भएको उनले बताए ।
झापा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।