झापामा काँग्रेसको वडा अधिवेशन एक दिन ढिलो हुने

झापा ।
झापामा नेपाली काँग्रेसको वडा अधिवेशन एक दिन ढिलो हुने भएको । यही भदौं १८ गते वडा अधिवेशन देशव्यापी हुने भनिए पनि आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको हो ।

आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने मंगलबार बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताउनुभयो ।