४४ लाख ५९ हजारले लगाए कोरोना भाइरसविरुद्धको पूर्ण खोप

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान पनि चलिरहेको शर्माले बताउनुभयो ।