करणी आरोपमा ओखलढुंगाबाट एक पक्राउ

ओखलढुंगा ।
प्रहरीले करणी गरेको आरोपमा ओखलढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् ।

ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।
पक्राउ परेका ताम्रकारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।