१४ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा उदयपुरबाट एक पक्राउ

उदयपुर ।
करणी गरेको आरोपमा उदयपुरबाट एक जनालई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाँउका ३२ वर्षीय राकेश राई रहेका छन् ।

राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।