ईपीएल विजेताले ५० लाख पाउने

काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै चौथो संस्करणको (इपिएल) विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो पुरस्कार रकम हो ।
चोथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु क्रिकेट मैदानमा हुँदै छ ।