इनरुवामा सनराइज बैंकको शाखा

इनरुवाः आइतबारदेखि सनराइज बैंकले सुनसरीको इनरुवामा शाखा विस्तार गरेको छ । यो बैंकको १ सय २४ औं शाखा भएको बताइएको छ ।

बैंकको उक्त शाखा एक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले संयुक्त रूपमा उद्घाटन गरे ।