बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

उदयपुर ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।