करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी ।
सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदाको करेन्ट लागेर मृत्यु भएको हो ।

पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।