उर्लाबारीबाट प्रतिबन्धित औषधी सहित एक पक्राउ

उर्लाबारी ।
मोरङ जिल्लाको उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल ५७५ ट्याब्लेट र स्पस्पेन ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।