इलामको फ्याउरे सिंचाइ आयोजना सम्पन्न, ११५० हेक्टर जमिनमा सिंचाइ

इलाम ।
इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा मिलेको छ ।

१५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरियसन भई जम्मा १६ करोड ९१ लाख रुपैयाँ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिए ।
आर्थिक वर्ष २०७३÷७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
आयोजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे पाँच किमि खण्डमा पानी सञ्चालन भएको छ ।