हिलिहाङ गाउँपालिकाका खाद्यान्न पसलबाट म्याद गुज्रिएका सामग्री बिक्री

पाँचथर ।
पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका केही खाद्यान्न पसलबाट उपभोक्ता ठगिएको पाइएको छ । गाउँपालिकाका केहि खाद्यान्न पसलबाट म्याद गुज्रिएका सामग्री बिक्री गर्ने, बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने लगायतका कार्य भएको अनुगमनका क्रमममा पाइएको हो ।

गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण फेला पारेका छन ।
अनुगमनका क्रममा बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने र यस क्रममा निर्धारित तौलभन्दा कम मात्रै सामग्री उपभोक्तालाई दिने, कतिपय प्याकिङ गरिएका सामग्री निर्धारित तौल कम भएका तथा तराजुमा समेत नियमविपरीत कम तौललाई बढी मानी बिक्री गर्ने कार्यले उपभोक्ता ठगिन बाध्य भएको पाइएको हो ।
बजारमा म्याद गुज्रिएका सामग्री पनि भेटिएका छन् । यसक्रममा प्याकिङ गरिएका धेरै खाद्य सामग्री म्याद गुज्रिएको भेटिएपछि अनुगमन गरिरहेका सरकारी अधिकारी तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीले यस प्रकारका गल्ती नदोहो¥याउन भन्दै सचेत गराई छाडेका छन् । मेची राजमार्गमा पर्ने जोरपोखरी र गोपेटार बजारका केही पसलमा गरिएको अनुगमनमा धेरै खाद्य सामग्री म्याद गुज्रिए पनि बिक्रीका लागि राखिएको र बिक्री भइरहेको पाइएको हो ।

यसक्रममा कतिपय व्यवसायीले खाद्य सामग्री उपभोक्ताको मागबमोजिम ल्याउने गरिएको तर बिक्री नहुँदा फिर्ता गर्न नसकिएको, एकदमै छोटो म्याद भएका खाद्य सामग्री खरिद गरी बिक्री गर्नुपर्ने बाध्यता रहेकोजस्ता गुनासोसमेत राखेका थिए । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत निकायका प्रमुख तथा प्रतिनिधि अनुगमनमा सहभागी थिए । यस क्रममा उनीहरुले उपभोक्ताले प्रयोगको म्यादबारे चासो राखे÷नराखेको, व्यावसायिक मर्यादा र कानुनी प्रबन्धबारे जानकारी भए÷नभएको समेत खोजी गरेका थिए । नियमित हुनुपर्ने बजार अनुगमन अत्यन्तै कम मात्रामा हुँदा विशेषत ग्रामीण क्षेत्रका उपभोक्ता गुणस्तरहीन तथा मापदण्ड बाहिरका सामग्रीसमेत प्रयोग गर्न बाध्य छन् ।