जिल्ला सभापतिमा कट्टेल र थेबेले उमे्वारी दिने

झापा ।
वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले नेपाली कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा झापा जिल्ला सभापति पदमा दुई नेताले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन ।

दुई नेताले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको पार्टी सभापति उद्धव थापाले जानकारी दिए ।
जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको सभापति थापाले जानकारी दिए ।