सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

सुनसरी ।
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेका छन ।

भोक्राहा नरसिंह गाउँपालिका–१ मा शनिबार उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।