भृकुटी मण्डपमा बैंकिङ एक्स्पो शुरु

काठमाडौंः आजदेखि भृकुटीमण्डपमा २ दिने बैंकिङ एक्स्पो शुरु भएको छ । बैंक, बीमा र पूँजीबजारसम्बन्धी बृहत प्रदर्शनी मेलाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुग्नु भनेको घरघरमा पैसा पुग्नुबराबर भएकाले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए । हाल वाणिज्य बैंकको शाखा ७ सय ४१ तहमा पुगिसकेका छन् ।

सो प्रदर्शनीमा ४ दर्जन बढी बैंक, वित्त, बीमा कम्पनीलगायतका स्टल रहेका छन् ।