४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो ।

भदौ १८ मा निर्धारित वडा अधिवेशनका लागि बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रबार थप १० जिल्लाको नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम जिल्लाको क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा सार्वजनिक गरेको हो ।
बिहीबार निर्वाचन समितिले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापाको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो । यस्तै दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सूची सार्वजनिक गरिएको छ ।
नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्लाका साथै बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको सदस्यता सूची पनि पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।