बेलबारी ५ का लागु औषध मुद्दाका फरार प्रतिवादी गाँजासहित पक्राउ

बेलबारी ।
मोरङको बेलबारी–५ बाट प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई गाँजासहित पक्राउ गरेको छ । बेलबारी–५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझीलाई प्रहरीले ४ केजी ३०० ग्राम गाँजासहित घरबाट नियन्त्रणमा लिएको हो ।

माझीको साथबाट प्रहरीले ५० हजार नगद र एकथान मोवाइल समेत बरामद गरेको छ । माझी विरुद्ध २०७५ पुस ५ गते जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामै ६ महिना ५ दिन कैद र तीन हजार जरिवाना ठहर गरेको थियो ।
लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार उनी पुनः लागुऔषधसहित पक्राउ परेपछि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।




Leave a Reply

Your email address will not be published.