बेलबारीमा १६ सहित प्रदेश १ मा ४ सय ८४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा शुक्रबार ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बा¥हदशीमा २–२, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, सुर्योदय र मांसेबुङमा १–१, पाँचथरको फिदिम र फालेलुङमा १–१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।