बाढी–पहिरोमा परेर जेठ ३१ यता ८५ जनाको मृत्यु

मनसुन सुरु भएयता (गएको जेठ ३१ पछि) देशभर मनसुनजन्य घटनामा ८५ जनाको ज्यान गएको छ । ती घटनामा परेर अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पाँच हजार पाँच सय जनाभन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो ।
गृह मन्त्रालयमा गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रवार बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उहाँले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो ।

बाढी पहिराले क्षति पु¥याएको ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
गृह मन्त्री खाणले पछिल्लो समय देशभर आएको बाढी पहिरोका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।