काबुल विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ७० पुगेको छ । बिसफोटमा बेलायतका नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ । बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा आफ्ना दुई जना नागरिकको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन् । बिहीवार राति भएको आत्मघाती बम विस्फोटको जिम्मा आतङ्कवादी सङ्गठन आईएसले लिएको छ ।